“विदेशबाट नेपाल आगमन हुने यात्रुहरुको व्यवस्थापनसम्बन्धी आदेश, २०७८” अनुरुप कतारबाट नेपाल फर्कने नेपाली यात्रुहरुहरुले देहायका मापदण्ड पूरा गरी नेपाल यात्रा गर्न सकिनेबारे सूचना

नेपाल सरकारबाट जारी “विदेशबाट नेपाल आगमन हुने यात्रुहरुको व्यवस्थापनसम्बन्धी आदेश, २०७८” अनुरुप कतारबाट नेपाल फर्कने नेपाली यात्रुहरुहरुले देहायका मापदण्ड पूरा गरी नेपाल यात्रा गर्न सकिने व्यहोरा सम्बन्धित सबैलाई सूचित गराईन्छ ।:
१. ७२ घण्टाभित्रको कोभिड-१९ नेगेटिभ पि. सी. आर. रिपोर्ट ।
२. कोभिड संकट व्यवस्थापन केन्द्रको वेबसाइटबाट स्वदेश फिर्ती फाराम अनलाइनमा भरेपश्चात प्राप्त हुने बारकोड प्रिन्ट गरेको प्रति । फाराम https://ccmc.gov.np/arms/person_add.php लिंकमा रहेको छ ।
३. आफ्नै खर्चमा ७ दिन अनिवार्य होटल क्वारेन्टिन बस्नुपर्ने । क्वारेन्टिन बस्न सकिने होटलको सूचि https://mofa.gov.np/…/List-of-Hotels-of-Quarantine… लिंकमा रहेको छ।
४. कोभिड-१९ बिरुद्धको दुवै मात्रा खोप लगाई खोपको प्रमाणपत्र प्राप्त गरेको यात्रुको हकमा भने अनिवार्य १० दिन होम क्वारेन्टिन बस्ने गरी सीधै गन्तव्यस्थल जान दिइने । यस्ता यात्रुहरुले नेपाल पुगेको सातौं र एघारौं दिनमा पि. सी. आर. परीक्षण गर्नुपर्नेछ।
५. अन्तिम संस्कार (काजक्रिया) मा सहभागी हुन नेपाल जाने व्यक्ति, दीर्घरोगी वा शारिरीक रुपमा अशक्त बिरामी र सँगै जाने कुरुवा, ७५ वर्षमाथिका ज्येष्ठ नागरिक वा ५ वर्ष मुनिका नाबालक र सँगै आउने नाबालकका आमाबुबा को हकमा स्थानीय तहको सिफारिशको आधारमा १० दिन होम क्वारेन्टिन बस्ने गरी घर/गन्तव्य जान अनुमति दिइने ।
टिकट खरीद, क्वारेन्टिनका लागि होटल बुकिंग गर्ने प्रक्रिया तथा अन्य जानकारीका लागि सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गर्नुहोला ।
——————
नेपाली राजदूतावास, दोहा
२०७८।०३।१५