शुक्रवार (२८ फाल्गुण २०७७) का दिन राहदानी वितरण गरिनेबारे जरूरी सूचना

कतारमा रहेका नेपाली समुदायलाई सहज सेवा दिने उदेश्यले यस राजदूतावासले आगामी शुक्रबार ( २८ फाल्गुण २०७७) का दिन बिहान ११ बजे देखि अपरान्ह २ बजेसम्म राहदानी वितरण गरिने कार्यक्रम रहेको व्यहोरा सम्बन्धित सबैलाई यसै सूचना मार्फत जानकारी गराइएको छ ।

अत: यस राजदूतावासमा फेब्रुवरी १६, २०२१ सम्म राहदानीका लागि आवेदन दिनुभएका तथा दूतावासका विभिन्न मितिका सूचनाहरुमा नाम प्रकाशित भएका व्यक्तिहरूले आफूसँग भएको सक्कली रसिद र पूरानो राहदानीसहित यस राजदूतावासमा माथि उल्लेख भएको मिति र समयमा उपस्थित हुन हार्दिक अनुरोध गरिन्छ।
——————-
२०७७/११/२५
नेपाली राजदूतावास
दोहा, कतार ।