AgriteQ & EnviroteQ मा नेपाली राजदूतावासको सहभागिता

कतारको Doha Exhibition and Convention Centre (DECC) मा आजबाट शुरू भएको 9th International Agricultaral and Environmental Exhibition 2022 (AgriteQ & EnviroteQ) मा नेपाली राजदूतावास, दोहाले सहभागिता जनाएको छ । Exhibition मा बिश्वका ५० भन्दा बढि मुलुकले सहभागिता जनाएका छन् ।

नेपाली राजदूतावास, दोहाको समन्यवमा नेपाल चिया तथा कफि बिकास वोर्डबाट बिभिन्न ब्राण्डका चिया तथा कफि, नेपाल अलैची व्यवसायी महासंघबाट प्राप्त अलैंची, सेन्चुरी मसलाका विभिन्न उत्पादनहरू, रसुवा नेचुरल मिनरल वाटर तथा नेचर हर्बसका उत्पादनहरू नेपाली स्टलमा राखिएका छन् ।

कतारको वातावरण तथा नगरपालिका मन्त्रालयलेआयोजना गरेको उक्त Exhibition मा नेपालले पहिलो पटक सहभागिता जनाएको हो ।

आजै बिहान कतारका प्रधानमन्त्री शेख खालिद बिन खलिफा बिन अब्दुलाजिज अल थानीको समुपस्थितिमा कतारका नगरपालिका मन्त्रीले एक औपचारिक समारोहबीच उद्घाटन गर्नुभएको उक्त प्रदर्शनी १४ मार्चसम्म संचालन हुनेछ ।
————-
१० मार्च २०२२
नेपाली राजदूतावास
दोहा,कतार ।