सुरक्षितरुपमा बस्ने र आफ्नो बासस्थान नछाड्ने सम्बन्धी कतारमा रहनु भएका सम्बन्धित सबै नेपाली नागरिकलाई राजदूतावासको अनुरोध

COVID-19 बाट सिर्जित परिस्थितिमा कामदार र रोजगारदाता दुबैको दीर्घकालीन हितलाई लक्षित गरी कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले १५ अप्रिल २०२० मा जारी गरेको सम्झौता नियमन सम्बन्धी निर्देशनका प्रावधानहरूको अनौपचारिक अग्रेजी अनुवाद १६ अप्रिल २०२० मा राजदूतावासको फेशबुक पेजमार्फत सम्बन्धित सबैको जानकारीका सेयर गरिएको व्यहोरा अवगतै छ । (सस्मरणका लागि उक्त मितिको राजदूतावासको सूचना र कतारको उक्त मन्त्रालयको सूचना

नेपाली राजदूतावासबाट प्रयोगमा ल्याइएको नयाँ WhatsApp नम्बर सम्बन्धी सूचना ( WhatsApp नम्बर +974 33560117 केवल Text वा Voice Message को लागि मात्र)

COVID-19 को कारणले उत्पन्न असहज परिस्थितिमा आफूले भोग्नु परेका विविध समस्याहरुको समाधान र सुनुवाईका निम्ति वा राजदूतावासबाट लिनुपर्ने सेवाहरुका लागि राजदूतावासको नियमित टेलिफोन नम्बरहरु, सेवासँग सम्बन्धित राजदूतावासका पदाधिकारी/अधिकृतहरुको मोबाइल नम्बरमा सम्पर्क गर्न सकिने व्यहाेरा सबैमा अवगत नै छ । राजदूतावासले Facebook Messenger बाट समेत प्राप्त समस्याहरुको अभिलेखिकरण गरी समाधानका लागि प्रयासरत छ । नेपाली राजदूतावासबाट प्रयोगमा ल्याइएको नयाँ WhatsApp नम्बर

कतारमा रहनुभएका नेपाली नागरिकहरुको तथ्याङ्क संकलन सम्बन्धी सूचना

विश्वव्यापीरूपमा फैलिएको COVID-19 को महामारीको प्रकोपबाट उत्पन्न असहज परिस्थितिले विभिन्न पेशा, व्यवसायमा आवद्ध रही विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले कुनै न कुनै रूपमा प्रभावित भई असहज अवस्थाको सामना गरिरहनु भएको व्यहोरा सबैमा विदितै छ । यसै सन्दर्भमा कतारमा रहनु भएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई पनि यस विषम परिस्थितिले पर्न गएको समस्याहरुको एकीकृत अभिलेखिकरण गरी समस्या समाधानार्थ सहजिकरण