मासिक अन्तर्क्रियात्मक कार्यक्रम “Sharing and Hearing” बारे सूचना !

कतारस्थित नेपाली संघसंस्था तथा कतारमा रहनुभएका नेपालीहरुसँगको मासिक अन्तर्क्रियात्मक कार्यक्रम “Sharing and Hearing” देहाय बमोजिमको मिति, समय र स्थानमा आयोजना गरिने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।थप जानकारीका लागि राजदूतावासको फोन नम्बर ४४६७५६८१/८३ मा सम्पर्क गर्नुहोला । उक्त कार्यक्रमको अवसरमा प्रतिनिधि सभा सदस्य माननीय विन्दा पाण्डेज्यू पनि सहभागी हुनु हुने र वहांसंग नेपाली समुदायको अन्तरक्रियात्मक छलफल

सार्वजनिक बिदा बारे सूचना !

प्रजातन्त्र दिवसको उपलक्ष्यमा यही २०७४ साल फागुन ७ गते सोमबार तदनुसार १९ फेब्रुअरी २०१८ का दिन राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ। २०७४ फागुन ८ गते तदनुसार २० फेब्रुअरी २०१८ देखि   राजदूतावास पूर्ववतरुपमा खुला रहने छ। नेपाली राजदुतावास दोहा, कतार २०७४ फागुन ६

सूचना !

कतारको खेलकुद दिवसको उपलक्ष्यमा यही २०७४ साल फागुन १ गते मंगलबार तदनुसार १३ फेब्रुअरी २०१८ का दिन राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ। २०७४ फागुन २ गते तदनुसार १४ फेब्रुअरी २०१८ देखि   राजदूतावास पूर्ववतरुपमा खुला रहने छ। नेपाली राजदूतावास दोहा, कतार मितिः २०७४/१०/२९

सूचना !

सहिद दिवसको उपलक्ष्यमा यही २०७४ साल माघ १६ गते मंगलबार तदनुसार ३० जनवरी २०१८ का दिन राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ। २०७४ माघ १७ गते तदनुसार ३१ जनवरी २०१८ देखि   राजदूतावास पूर्ववतरुपमा खुला रहने छ।   नेपाली राजदूतावास दोहा, कतार २०७४/१०/१५

आवश्यकता

यस राजदूतावासको स्वीकृत स्थानीय दरबन्दी अन्तर्गत तपसिल बमोजिमको पद करारमा नियुक्ति गर्नु पर्ने भएकोले सो अनुसारका पदमा रही कार्य गर्न इच्छुक उम्मेदवारहरुले आ-आफ्नो बायोडाटा सहित प्रथम पटक यो सूचना प्रकाशित भएको मितिबाट १५ दिन भित्र यस राजदूतावासमा दरखास्त दिनुहुन यो सूचना प्रकाशित गरिएको छ । कतारमानै रही अन्यत्र काम गरी रहेका उम्मेदवारहरुको हकमा निज हाल कार्यरत कम्पनीबाट रिलिज पेपर समेत

कार्यक्रम तथा समारोह आयोजना सम्बन्धी सूचना !

कतारमा आयोजना गरिने कुनै पनि औपचारिक तथा अनौपचारिक कार्यक्रम तथा समारोहका लागि सोको आयोजना हुने मितिले कम्तिमा पनि एक महिना अगाडि नियमानुसार कतार सरकारको सम्बन्धित आधिकारिक निकायमा औपचारिक रुपमा निवेदन दिई स्वीकृति प्राप्त भएपछि स्थानीय कानून र प्रचलनबमोजिम कार्यक्रम तथा समारोहको आयोजना गर्नु पर्ने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचित गरिएको छ।   नेपाली राजदूतावास    दोहा, कतार ।  

MRP Lot-73 लिन आउने बारे सूचना ! (नोभेम्बर २९ सम्म)

यस राजदूतावासमा मिति २०१७ नोभेम्बर २९ सम्म आवेदन फारम बुझाएका र  MRP-Live  Enrollment  मार्फत फारम भरेका मध्ये राहदानी विभागबाट तपसिलका व्यक्तहरुको Machine Readable Passport तयार भई आई सकेको हुँदा सक्कलै नागरिकता पुरानो/अस्थायी राहदानी र नगदी रसिद साथमा लिएर स्वयंम दूतावासमा उपस्थित भई आफ्नो राहदानी बुझिलिन सम्बन्धित सबैलाई जानकारी गराइन्छ। वितरण समय:प्रत्येक दिनको 12 बजे देखि 2 बजे सम्म ।(शुक्रबार र शनिवार

आवश्यकता

प्रथम पटक प्रकाशित 2074/07/28   यस राजदूतावासको स्वीकृत स्थानीय दरबन्दी अन्तर्गत तपसिल बमोजिमको पद करारमा नियुक्ति गर्नु पर्ने भएकोले सो अनुसारका पदमा रही कार्य गर्न इच्छुक उम्मेदवारहरुले आ-आफ्नो बायोडाटा सहित प्रथम पटक यो सूचना प्रकाशित भएको मितिबाट १५ दिन भित्र यस राजदूतावासमा दरखास्त दिनुहुन यो सूचना प्रकाशित गरिएको छ । कतारमानै रही अन्यत्र काम गरी रहेका उम्मेदवारहरुको हकमा निज हाल

सूचना !

सूचना ! नेपाली राजदूतावास, दोहाबाट मागपत्र प्रमाणिकरण/समूहगत भर्नाका लागि देहाय बमोजिमका कागजातहरु बुझाउनुपर्ने व्यवस्था गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ।     S.N Required Attachments المرفقات المطلوبة ارقام 1. Valid Computer Card – (Copy) صورة من بطاقة قيد منشاة “سارية المفعول” ۱ 2. Valid Visa Approval- (Copy) صورة موافقة لجنة الاستقدام “سارية المفعول” ۲ 3. Commitment and guarantee letter for

सूचना !

कतारस्थित नेपाली संघसंस्था तथा कतारमा रहनुभएका नेपालीहरुसँग मासिक रुपमा गरिन लागिएको अन्तर्क्रियात्मक कार्यक्रम “Sharing and Hearing” देहाय बमोजिमको मिति, समय र स्थानमा आयोजना गरिने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । थप जानकारीका लागि राजदूतावासको फोन नम्बर ४४६७५६८१/८३ मा सम्पर्क गर्नुहोला ।   मितिः २०७४ कार्तिक १० गते, शुक्रबार समयः दिउँसो ०२०० बजे स्थानः नेपाली राजदूतावासको