यस राजदूतावासमा राहदानीका लागि आवेदन दिनु भएका आवेदकहरु मध्ये संलग्न सूचीमा नाम भएकाहरु आवेदकहरुलाई राहदानी बुझिलिन आउनेबारे २१ अगष्ट २०२२ मा जारी सूचना । यस सूचीमा नाम नभएका आवेदकहरुकले अर्को सूचनाको प्रतिक्षा गर्नु हुनसमेत अनुरोध ।

यस राजदूतावासमा  राहदानीका लागि आवेदन दिनु भएका आवेदकहरु मध्ये संलग्न सूचीमा नाम भएकाहरु आवेदकहरुलाई राहदानी बुझिलिन आउनेबारे सूचना । यस सूचीमा नाम नभएका आवेदकहरुकले अर्को सूचनाको प्रतिक्षा गर्नु हुनसमेत अनुरोध ।

महामहिम राजदूत र कन्सुलर अफेयर्स डिपार्टमेन्टका डाइरेक्टरबीच भेटवार्ता सम्पन्न

कतारका लागि नेपाली राजदूत महामहिम डा. नरेश विक्रम ढकालज्यूले आज मिति २०७९/०४/१९ मा कतारको परराष्ट्र मन्त्रालय अन्तर्गत Consular Affairs Department का Director H.E. Muhammad Abdullah Saeed Al-Subaei सँग वहाँको कार्यकक्षमा शिष्टाचार भेटवार्ता गर्नुभयो। उक्त भेटवार्तामा वहाँहरुबीच दुई देशबीचको सम्बन्ध तथा कतारमा रहनुभएका नेपाली आप्रवासीहरूको कतार बसाई र त्यसका लागि आवश्यक सहजीकरण लगायतका विषयहरूमा छलफल भयो। २०७९ साउन १९ नेपाली राजदूतावास

राजदूत र सेक्रेटरी जनरलबीच भेटवार्ता सम्पन्न

कतारका लागि नेपाली राजदूत महामहिम डा. नरेश विक्रम ढकालज्यूले आज मिति २०७९/०४/१६ मा कतारको परराष्ट्र मन्त्रालयका Secretary General H.E. Ahmad bin Hassan Al Hammadi सँग वहाँको कार्यकक्षमा शिष्टाचार भेटवार्ता गर्नुभयो। उक्त भेटवार्तामा वहाँहरुबीच दुई देश र जनताबीचको सम्बन्धका विविध आयामहरुमा छलफल भयो।   २०७९ साउन १६ नेपाली राजदूतावास दोहा, कतार।

यस राजदूतावासमा विद्युतीय राहदानी (e-Passport) का लागि ६ जुलाई २०२२ सम्म र यन्त्रवाचक राहदानी (Machine-readable Passport or MRP) का लागि ३ फ्रेबुवरी २०२२ सम्म आवेदन दिनु भएका आवेदक (संलग्न सूचीमा नाम भएकाहरु)लाई राहदानी बुझिलिन आउनेबारे सूचना । यस सूचीमा नाम नभएका आवेदकहरुकले अर्को सूचनाको प्रतिक्षा गर्नु हुन ।