राजदूत र सेक्रेटरी जनरलबीच भेटवार्ता सम्पन्न

कतारका लागि नेपाली राजदूत महामहिम डा. नरेश विक्रम ढकालज्यूले आज मिति २०७९/०४/१६ मा कतारको परराष्ट्र मन्त्रालयका Secretary General H.E. Ahmad bin Hassan Al Hammadi सँग वहाँको कार्यकक्षमा शिष्टाचार भेटवार्ता गर्नुभयो। उक्त भेटवार्तामा वहाँहरुबीच दुई देश र जनताबीचको सम्बन्धका विविध आयामहरुमा छलफल भयो।   २०७९ साउन १६ नेपाली राजदूतावास दोहा, कतार।

यस राजदूतावासमा विद्युतीय राहदानी (e-Passport) का लागि ६ जुलाई २०२२ सम्म र यन्त्रवाचक राहदानी (Machine-readable Passport or MRP) का लागि ३ फ्रेबुवरी २०२२ सम्म आवेदन दिनु भएका आवेदक (संलग्न सूचीमा नाम भएकाहरु)लाई राहदानी बुझिलिन आउनेबारे सूचना । यस सूचीमा नाम नभएका आवेदकहरुकले अर्को सूचनाको प्रतिक्षा गर्नु हुन ।

बन्दस्थलमा फेश मास्क लगाउनु पर्नेबारे सूचना

कतारमा कोरोना संक्रमणको दरहरू बढदै गएको सन्दर्भमा कतारको मन्त्रिपरिषदको निर्णय बमोजिम यहाँ बसोबास गर्ने ६ बर्ष भन्दा बढि उमेरका सबैले आज ७ जुलाई २०२२ बाट लागू हुनेगरि बन्द सार्वजनिक स्थलमा फेश मास्क अनिवार्य गरिएको छ । यस निर्देशनको पालना गर्नु/गराउनु हुन नेपाली राजदूतावास कतारमा बसोबास गर्ने सबै नेपालीहरुमा अनुरोध गर्दछ । —————— नेपाली राजदूतावास दोहा, कतार । २०७९/२/२३ ७ जुलाई

यस राजदूतावासमा विद्युतीय राहदानी (e-Passport) का लागि २२ जुन २०२२ सम्म र यन्त्रवाचक राहदानी (Machine-readable Passport or MRP) का लागि ३ फ्रेबुवरी २०२२ सम्म आवेदन दिनु भएका आवेदक (संलग्न सूचीमा नाम भएकाहरु)लाई राहदानी बुझिलिन आउनेबारे सूचना । यस सूचीमा नाम नभएका आवेदकहरुकले अर्को सूचनाको प्रतिक्षा गर्नु हुन ।

राहदानी बुझिलिन आउने जरुरी सूचना(१९ जुन २०२२)

यस राजदूतावासमा ५ जुन २०२२ सम्म राहदानीका लागि आवेदन दिनु  भएका (संलग्न सूचिमा नाम भएका)आवेदकहरुको राहदानी वितरणका लागि तयार छ । राहदानी लिन आवेदक राजश्व तिरेको रसिद र पूरानो राहदानी सहित आवेदक आफै यस राजदूतावासमा बिदाको दिनबाहेक बिहान ९ बजे देखि अपरान्ह ३ बजेसम्म सम्पर्क गर्नुहुन अनुरोध छ। संलग्न सूचिमा नाम नभएका आवेदकहरुले अर्को सूचनाको प्रतिक्षा गर्नुहुनसमेत अनुरोध छ ।

यस राजदूतावासमा विद्युतीय राहदानी (e-Passport) का लागि २२ मे २०२२ सम्म र यन्त्रवाचक राहदानी (Machine-readable Passport or MRP) का लागि ३ फ्रेबुवरी २०२२ सम्म आवेदन दिनु भएका आवेदक (संलग्न सूचीमा नाम भएकाहरु)लाई राहदानी बुझिलिन आउनेबारे सूचना । यस सूचीमा नाम नभएका आवेदकहरुकले अर्को सूचनाको प्रतिक्षा गर्नु हुन ।

वैदेशिक रोजगार बचतपत्र २०८४ (५ वर्षे) बिक्रि सम्बन्धमा थप सूचना

वैदेशिक रोजगार बचतपत्र २०८४ (५ वर्षे ) बिक्रि बारे २०७९ जेठ १२ मा यस राजदूतावासबाट सूचना जारी गरिएको विदितै छ। यस सम्बन्धमा कतारबाट सो बचतपत्र खरिद गर्नका लागि स्थानीय एजेण्टहरु निम्नानुसार रहेको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ। 1. Prabhu Bank Ltd./Prabhu Money Transfer Pvt. Ltd. – Tirtha B. Chhetri – +974 66141353, qatar@prabhugroups.com 2. Siddhartha Bank Ltd. – Suresh B.