कतारमा १ जुन- १५ सेप्टेम्बर सम्म १०-३:३० बजे खुला क्षेत्रमा काम गर्न नपाइने

कामदारहरुलाई अधिक तापक्रमजन्य समस्या आउन नदिन कतारको श्रम मन्त्रालयको निर्णयानुसार १ जुन देखि १५ सेप्टेम्बर सम्म बिहान १०:०० बजेदेखि अपरान्ह ३:३० बजेसम्म खुला क्षेत्रमा काम गर्न गराउन प्रतिबन्ध लगाइएको सबैमा विदितै छ। उल्लेखित निर्णयको उल्लंघन भएको अवस्थामा कतारको श्रम मन्त्रालयमा उजुरी दिन सकिने प्रावधान समेत सोही निर्णयमा उल्लेख रहेको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ। २०७९ जेठ १८ नेपाली राजदूतावास दोहा,

वैदेशिक रोजगार बचतपत्र २०८४ (५ वर्षे ) बिक्रि सम्बन्धमा जारी गरिएको जरूरी सूचना

रोजगारीका लागि मुलुक बाहिर गएका वा विदेशमा रोजगारी गरी फर्किएका नेपाली नागरिकहरु तथा विदेशमा बसोवास गर्नुहुने गैर आवासीय नेपालीहरुका लागि वार्षिक १२.५ प्रतिशत व्याजदरको वैदेशिक रोजगार बचतपत्र २०८४ (५ बर्षे) मिति २०७९ जेठ 18 गते  देखि २०७९ साल आषाढ ६ गते(तदनुसार सन् २०२२ को जुन १ देखि २० सम्म) बिक्री खुल्ला हुने र सो बचतपत्र रोजगारीका लागि मुलुक बाहिर गएका

गणतन्त्र दिवसको अवसरमा  राजदूतावास बन्द रहने/ Embassy Closes on 29 May

गणतन्त्र दिवसको अवसरमा  राजदूतावास बन्द रहने सूचना गणतन्त्र दिवसको अवसरमा  मिति २०७९ जेठ १५ गते आइतबार तदनुसार २९ मे २०२२ का दिन राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ। २०७9 जेठ 16 गते सोमबार तदनुसार 30 मे २०२2 देखि  राजदूतावास पूर्ववतरुपमा खुला  रहनेछ। Notice on Embassy Closure This is to inform all the concerned that the Embassy will remain

यस राजदूतावासमा विद्युतीय राहदानी (e-Passport) का लागि ५ मे २०२२ सम्म र यन्त्रवाचक राहदानी (Machine-readable Passport or MRP) का लागि तदनुसार ३ फ्रेबुवरी २०२२ सम्म आवेदन दिनु भएका आवेदक (संलग्न सूचीमा नाम भएकाहरु)लाई राहदानी बुझिलिन आउनेबारे सूचना । यस सूचीमा नाम नभएका आवेदकहरुकले अर्को सूचनाको प्रतिक्षा गर्नु हुन ।

जनसम्पर्क अधिकृत (Public Relations Officer-PRO) आवश्यकता

नेपाली राजदूतावास, दोहामा तपसिल बमोजिमको पद करारमा नियुक्ति गर्नु पर्ने भएकोले इच्छुक उम्मेदवारहरुले आफ्नो बायोडाटा सहित प्रथम पटक यो सूचना प्रकाशन भएको मितिबाट १५ दिन भित्र यस राजदूतावासमा दरखास्त दिनुहुन यो सूचना प्रकाशित गरिएको छ । निवेदक स्वयं उपस्थित भई वा इमेल eondoha@mofa.gov.np मार्फत् दरखास्त पेश गर्न सकिनेछ। प्राप्त दरखास्त मध्येबाट Short Listed उम्मेदवारहरुलाई अन्तर्वार्ताका लागि सूचित गरिनेछ। पद/संख्याः जनसम्पर्क

राजदूतावास बन्द रहने सूचना

बुद्ध जयन्तीको अवसरमा २०७९ साल जेठ २ गते सोमबार तदनुसार १६ मे २०२२ का दिन राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ । २०७९ साल जेठ ३ गते मंगलबार तदनुसार १७ मे २०२२ देखि राजदूतावास पूर्ववतरुपमा खुला रहने छ।    यस वर्षको बुद्ध जयन्ती, उभौली पर्व र चण्डी पूर्णिमाको अवसरमा कतारमा रहनु हुने सम्पूर्ण नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौ।

यस राजदूतावासमा विद्युतीय राहदानी (e-Passport) का लागि ११ अप्रेल २०२२ सम्म र यन्त्रवाचक राहदानी (Machine-readable Passport or MRP) का लागि तदनुसार ३ फ्रेबुवरी २०२२ सम्म आवेदन दिनु भएका आवेदक (संलग्न सूचीमा नाम भएकाहरु)लाई राहदानी बुझिलिन आउनेबारे सूचना । यस सूचीमा नाम नभएका आवेदकहरुकले अर्को सूचनाको प्रतिक्षा गर्नु हुन ।