विदेशबाट नेपाल प्रवेश गर्ने यात्रुले कोभिड बिरूद्धको पूर्ण खोप लगाएको प्रमाणपत्र वा सो नभएमा PCR Negative भएको प्रमाणपत्र पेश गर्नु पर्ने सम्बन्धी श्री अध्यागमन विभागको अद्यावधिक सूचना/ Updated Travel Advisory

यस सूचनामा नोट गर्नुपर्ने मुख्य बुँदाहरु -नेपाल यात्रा गर्ने यात्रुले कोभिड बिरूद्धको पूर्ण खोप लगाएको (कतारकाे हकमा कम्तीमा दुई डाेज लगाएकाे) प्रमाणपत्र वा सो नभएमा PCR Negative भएको प्रमाणपत्र पेश गर्नु पर्ने -५ वर्षभन्दा माथिका पूर्ण खोप नलगाएका व्यक्तिले PCR Negative भएको प्रमाणपत्र पेश गर्नु पर्ने (५ वर्षभन्दा कम उमेरका व्यक्तिलाई खोप कार्ड वा PCR Report आवश्यक नपर्ने)

भिजिट भिसा र सोबाट सृजित समस्या तथा समाधानका उपायहरु सम्बन्धमा सिफारिस गर्न गठित कार्यदलले तयार गरेको प्रतिवेदन कार्यान्वयन गर्न अध्यागमन विभागले छुट्टै कार्यविधि तयार भई कार्यान्वयनमा नआउन्जेलसम्मका लागि भएको व्यवस्थाबारे श्री अध्यागमन विभागले २०७८।११।२७ मा जारी गरेको सूचना सम्बन्धित सबैको जानकारीका लागि अपलोड गरिएको छ

 

विदेशबाट नेपाल प्रवेश गर्ने यात्रुले कोभिड बिरूद्धको पूर्ण खोप लगाएको प्रमाणपत्र वा सो नभएमा PCR Negative भएको प्रमाणपत्र पेश गर्नु पर्ने सम्बन्धी श्री अध्यागमन विभागको आज प्रकाशित सूचना

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा कार्यालय बन्द रहने सूचना

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा मिति २०७८ साल फागुन २४ गते मंगलबार तदनुसार ८ मार्च २०२२ का दिन राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ।   साथै, २०७८ साल फागुन २५ गते बुधबार तदनुसार ९ मार्च २०२2 देखि राजदूतावास पूर्ववतरुपमा खुला रहनेछ। ………… २०७८/११/२२ नेपाली राजदूतावास, दोहा।   Notice on Office Closure ……………………………….. This is to inform all the concerned

विद्युतीय राहदानी (e-Passport)  तथा यन्त्रवाचक राहदानी (Machine-readable Passport or MRP) वितरणबारे सूचना

यस राजदूतावासमा विद्युतीय राहदानी (e-Passport) का लागि २०७८/११/०५ तदनुसार १५ फ्रेबुवरी २०२२ सम्म आवेदन दिनु भएका आवेदकहरुको राहदानी वितरणका लागि तयार भएकोले तल दिएको लिङ्कमा नाम भएका आवेदकहरुले राजश्व तिरेको रसिद र पूरानो राहदानी सहित यस राजदूतावासमा सम्पर्क गर्नुहुन अनुरोध छ। साथै, यन्त्रवाचक राहदानी (Machine-readable Passport or MRP) का लागि २०७८/१०/२० तदनुसार ३ फ्रेबुवरी २०२२ सम्म आवेदन दिनु भएका आवेदकहरुको