NOTICE

राहदानी वितरण सम्बन्धी सूचना
यस राजदूतावासमा राहदानीका लागि १४ सेप्टेम्बर २०२१ सम्म सम्म आवेदन दिनुभएका तलका लिङ्कमा नाम उल्लेख भएका आवेदकहरुको राहदानी वितरणका लागि तयार रहेकाले राजश्व तिरेको रसिदको सक्कल र पूरानो राहदानी सहित सम्बन्धित व्यक्तिले यस राजदूतावासमा सम्पर्क गर्नुहुन अनुरोध छ। राहदानी वितरण समय: सार्वजनिक बिदाका दिन बाहेक दिउसो ११ बजेदेखि अपरान्ह ३:०० बजेसम्म । …………………………….. २०७८ साल असोज १६ गते (२ अक्टोवर

राहदानी नवीकरणका लागि अनिवार्य कागजातहरु लिई आउने सम्बन्धी सूचना
यस राजदूतावासमा पछिल्लो समय राहदानी नवीकरणका लागि सेवाग्राहिको बढ्दो चापको कारणले राजदूतावासभित्र फाराम भर्ने तथा आवश्यक कागजात प्रिन्ट/फोटोकपी गर्नुपर्दा दूतावासको सेवा प्रवाहमा असर परेको हुँदा राहदानी नवीकरणका लागि आउनुहुने सेवाग्राहीले तल उल्लेखित कागजातहरु अनिवार्य रुपमा लिएर आउनुहुन सूचित गरिन्छ:- १. नेपालको राहदानी विभागको वेवसाइट https://nepalpassport.gov.np/ मा Apply Online (Pre-enrollment) भित्र गई अनलाइन फाराम भरेपछि प्राप्त हुने बारकोडसहितको फारामको प्रिन्ट