सूचना !

बुद्ध जयन्तीको अवसरमा २०७८ साल  जेठ १२ गते बुधबार तदनुसार २६ मे २०२१ का दिन राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ । २०७८ साल जेठ १३ गते बिहिबार तदनुसार २७ मे २०२१ देखि राजदूतावास पूर्ववतरुपमा खुला रहने छ।   यस वर्षको बुद्ध जयन्ती , उभौली पर्व र चण्डी पूर्णिमाको अवसरमा कतारमा रहनु हुने सम्पूर्ण नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त

नेपालमा अन्तर्राष्ट्रिय हवाई उडानहरू ३१ मे २०२१ सम्म स्थगित गरिएको सम्बन्धी सूचना

विश्वभर फैलिएको नयाँ भेरिएन्ट सहितको कोभिड-19 को संक्रमण नेपालमा समेत बढ्दै गएको सन्दर्भमा सोको रोकथाम तथा नियन्त्रणका लागि हाल स्थगित भएका सबै नियमित अन्तर्राष्ट्रिय उडानहरु ३१ मे २०२१ सम्म स्थगित गरिने व्यहोरा नेपाल नागरिक उड्डयन प्राधिकरण (Civil Aviation Authority of Nepal) बाट जारी कागजातबाट जानकारी हुन आएकोले सम्बन्धित सबैमा सूचित गरिन्छ। ——— २०७८/१/२९ नेपाली राजदूतावास, दोहा । Notice This is

जनसम्पर्क अधिकृत (Public Relations Officer) आवश्यकता सम्बन्धी सूचना

यस राजदूतावासको स्वीकृत स्थानीय दरबन्दी अन्तर्गत तपसिल बमोजिमको पद करारमा नियुक्ति गर्नु पर्ने भएकोले इच्छुक उम्मेदवारहरुले आ-आफ्नो बायोडाटा सहित प्रथम पटक यो सूचना प्रकाशित भएको मितिबाट १५ दिन भित्र यस राजदूतावासमा दरखास्त दिनुहुन यो सूचना प्रकाशित गरिएको छ । निवेदक स्वयम् उपस्थित भई वा इमेलमार्फत (eondoha@mofa.gov.np) दरखास्त पेश गर्नुपर्नेछ । प्राप्त दरखास्त मध्येबाट सम्बन्धित पदका लागि योग्य व्यक्तिहरुलाई अन्तर्वार्ताका लागि

कार्यालय समय सम्बन्धी सूचना

 पवित्र महिना रमादानको अवसरमा उक्त अवधिभर यस राजदूतावासको कार्यालय समय निम्नानुसार परिवर्तन गरिएको व्यहोरा अनुरोध छ : कार्यालय खुल्ने र सेवा प्रदान गरिने समय: आईतबार देखि बिहिबारसम्म विहान ९ बजे देखि अपरान्ह ३ बजेसम्म । नगद काउन्टर: विहान ९ बजे देखि अपरान्ह २ बजेसम्म । NOTICE FOR OFFICE HOURS DURING RAMADAN During the Holy Month of Ramadan, the office hours

नयाँ वर्ष २०७८ को शुभकामना तथा उक्त दिन कार्यालय बन्द हुनेबारे सूचना

नेपाली नयाँ वर्ष २०७८ को सु-अवसरमा कतारमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा मेरो तथा नेपाली राजदूतावास परिवार दोहाको तर्फबाट सुख, शान्ति, सुस्वास्थ्य तथा समृध्दिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । साथै, यस अवसरमा  कतारमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा हाल बढिरहेको कोभिड-१९ को संक्रमण नियन्त्रणका लागि कतार सरकारले ७ अप्रिल २०२१ मा घोषणा गरेको सुरक्षा तथा स्वास्थ्य प्रोटोकललाई सम्पूर्ण रुपमा