Press Release

हार्दिक श्रद्धाञ्जली
कतारका लागि नेपालका राजदूत महामहिम डा. नरेश बिक्रम ढकालज्यूकी ममतामयी आमा नन्दकली ढकालको ८९ बर्षको उमेरमा वीरेन्द्रनगर सुर्खेतस्थित निजी निवासमा २०७९/९/१० गते असामयिक निधन भएको दुःखद खबरबाट हामी मर्माहत भएका छौं। दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोकको यस घडीमा महामहिम डा. नरेश बिक्रम ढकाल तथा सम्पूर्ण शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं । नेपाली राजदूतावास दोहा परिवार २०७९/९/१२

नवनियुक्त राजदूतले आफ्नो ओहोदाको प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुभएको सम्बन्धमा ।
कतारका लागि नवनियुक्त नेपाली राजदूत महामहिम डा. नरेश विक्रम ढकालज्यूले आज बिहान यहाँको परराष्ट्र मन्त्रालयमा कतारका परराष्ट्र राज्यमन्त्री H. E. Mr. Soltan bin Saad Al-Muraikhi समक्ष आफ्नो ओहोदाको प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुभयो । तत्पश्चात वहांहरूबीच शिष्टाचार भेटवार्ता समेत सम्पन्न भयो । ————- २०७९/०४/०३ १९ जुलाई २०२२ नेपाली राजदूतावास, दोहा ।

ईद उल अद्हाको शुभकामना
इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद उल अद्हाको अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बीहरु र कतारमा रहनुभएका सबै नेपाली दाजु भाई तथा दिदी बहिनीहरुमा सुस्वास्थ्य, शान्ति, समृद्धि तथा प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं। ——————- डा.नरेश बिक्रम ढकाल राजदूत तथा नेपाली राजदूतावास परिवार दोहा, कतार ८ जुलाई २०२२ २०७९/०३/२४