NOTICE

नेपालबाट कतार प्रवेश गर्दा पालना गर्नुपर्ने अद्यावधिक मापदण्ड सम्बन्धी सूचना
कतार सरकारले मिति २८ फेब्रुअरी २०२२ (तदनुसार २०७८ फागुन १६) साँझ ७ बजे (Arrival Time) देखि लागू हुने गरी कतार प्रवेश गर्ने यात्रुहरुका लागि अद्यावधिक मापदण्ड जारी गरेको छ। सो अनुरुप नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलङ्का लगायतका Red Health Measures लागू हुने देशबाट कतार यात्रा गर्ने यात्रुहरुले देहायबमोजिमको प्रावधान पालना गर्नुपर्ने जनाइएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित

ई-पासपोर्टका लागि प्रि-इनरोलमेन्ट गर्ने तरिका र आवश्यक कागजातहरुबारे थप जानकारीसहित नयाँ सूचना
ई-पासपोर्टका लागि प्रि-इनरोलमेन्ट गर्ने तरिका र आवश्यक कागजातहरुबारे थप जानकारीसहित नयाँ सूचना …………………………. मिति २०७८ माघ २३ गते (तदनुरुप ६ फेब्रुअरी २०२२) का दिन नेपाली राजदूतावास दोहाबाट विद्युतीय राहदानी (E-Passport) का लागि इनरोलमेन्ट प्रक्रिया शुरु गरिएको व्यहोरा सोही मितिमा राजदूतावासबाट जारी सूचनामा उल्लेख गरिएको छ । उक्त सूचनामा विद्युतीय राहदानी (e-Passport) का लागि प्रि-इनरोलमेन्टका प्रकियाहरुसमेत उल्लेख गरिएकोमा थप जानकारीसहित पुन:

विद्युतीय राहदानी (e-Passport) का लागि प्रि इनरोलमेन्ट शुरु भएको सम्बन्धी सूचना
आज मिति २०७८ माघ २३ गते (तदनुरुप ६ फेब्रुअरी २०२२) का दिन नेपाली राजदूतावास दोहाबाट लाईभ इनरोलमेन्ट प्रक्रिया पूरा गरी राहदानी विभाग, काठमाण्डौबाट सफलतापूर्वक पहिलो विद्युतीय राहदानी (E-Passport) तयार भएको छ । यो सफलतासँगै नेपाली राजदूतावास, दोहा ई-पासपोर्ट प्रणाली प्रयोगमा ल्याउने बिदेशस्थित नेपाली नियोगहरू मध्ये पहिलो नेपाली नियोग बनेको छ । ई-पासपोर्ट प्रणालीको सफलतापूर्वक शुरुवात भएसँगै आजकै मितिदेखि यस दूतावासमा

राजदूतावासमा ईमेल वा म्यासेन्जर मार्फत कुनै जानकारी माग्दा आफ्नो नाम र सम्पर्क नम्बर उपलव्ध गराउने सम्बन्धमा
यस राजदूतावासबाट उपलव्ध हुने सेवाहरुको बारेमा ईमेल वा म्यासेन्जर मार्फत जानकारी माग्ने क्रममा कतिपय सेवाग्राहीहरुले आफ्नो वास्तविक नाम प्रयोग गर्ने नगरेको र आफ्नो सम्पर्क नम्बर उपलव्ध नगराउने गरेको हुँदा फोनबाट प्रष्टसँग जानकारी दिन सकिने विषयमा समेत ईमेल गर्नुपर्ने अवस्था आउँदा जानकारी अपुरो हुनसक्ने र नाम फरक पर्दा कतिपय जानकारीहरु फरक हुनसक्ने तथा जानकारी/विवरण अध्यावधिक गर्नसमेत असहज हुने गरेको छ ।

यन्त्रवाचक राहदानी (MRP) नवीकरणको नियमित सेवा स्थगन गरिएको सम्बन्धमा
नेपाल सरकारले लागू गरेको विद्युतीय राहदानी (e-Passport) नेपालमा राहदानी विभाग तथा केहि जिल्लाहरुबाट जारी भईसकेको परिप्रेक्षमा नेपाली राजदूतावास दोहाबाट पनि केही हप्ता भित्रै ई-पासपोर्ट जारी गर्ने गरी आवश्यक व्यवस्थापकीय तयारी भईरहेको छ । यस कार्यका लागि नयाँ प्रणाली जडान गर्नुपर्ने भएकोले सो को तयारी लगायतका अन्य कार्यहरुका गर्नका लागि मिति २०७८ माघ १६ गते तदनुसार ३० जनवरी २०२२ देखि अर्को