२७ जुन २०२० काे नेपाल एयरलाइन्सको उडानकाे संशोधित तालिका सम्बन्धी जानकारी

यस राजदूतावासबाट २३ जुन २०२० मा प्रकाशित सूचनामा उल्लेख भएकाे नेपाल एयरलाइन्सको २७ जुन २०२० काे उडान प्राविधिक कारणले २८ जुन २०२० काे बेलुकी २२:४५ बजेका लागि निर्धारण (reschedule) गरिएकाे जानकारी नेपाल एयरलाइन्सबाट प्राप्त भएकाे छ । तसर्थ उक्त उडानका लागि टिकट खरिद गरिसक्नु भएका यात्रुहरुले नयाँ उडान तालिकाबमोजिम आवश्यक तयारी गर्नुहुन जानकारी गराइन्छ । यस विषयमा थप जानकारी आवश्यक

दोहाबाट पहिलो चरणको तेस्राे उडानबाट आज १५८ जना नेपालीहरू स्वदेश फर्कनु भयो

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासले आव्हान गरेबमेजिम नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउनु भएबमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप पहिलो चरण अन्तर्गतको तेस्राे उडानबाट आज मिति २०७७।३।११ गते तदअनुसार २५ जुन २०२० मा दोहाबाट काठमाण्डौका लागि हिमालय एयरलाइन्सको HIM ५६३२ को उडानबाट देहायका १५८ जना

दोहाबाट पहिलो चरणमा आज १४९ जना नेपालीहरू स्वदेश फर्कनु भयो

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासकाे नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नाे विवरण उपलब्ध गराउनु भएबमाेजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप पहिलो चरण अन्तर्गत आज मिति २०७७।३।७ गते तदअनुसार २१ जुन २०२० मा दोहाबाट काठमाण्डौका लागि नेपाल वायुसेवाको RA २३९२ को उडानबाट देहायका १४९ जना नेपालीहरू नेपाल फर्किनु भएको

नेपाल फर्कने सम्बन्धी जरुरी सूचना

कतारबाट नेपाल फर्कनैपर्ने व्यक्तिहरुका सम्बन्धमा निम्नबमोजिम सूचना सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छः १. उडान सम्बन्धमा नेपाल एयरलाइन्सको २० जुन र हिमालय एयरलाइन्सको २२ र २४ जुन २०२० का लागि आवश्यक उडान अनुमतिका लागि कतार सरकारको सम्बन्धित निकायमा पत्राचार गरिएको छ । नेपाल एयरलाइन्सको दोश्रो उडानको मिति तय भएपछि जानकारी गराइने छ । २.. यात्रु सम्बन्धमा माथि उल्लेखित ३ वटा

इद-उल-फितरको शुभकामना

इस्लाम धर्मावलम्बीहरुको महान पर्व इद-उल-फितरको अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बीहरु र कतारमा रहनुभएका सबै नेपाली दाजु भाई तथा दिदी बहिनीहरुमा मेरो तथा नेपाली राजदूतावास, दोहाकाे तर्फबाट सुस्वास्थ्य, शान्ति, समृद्धि तथा प्रगतिकाे हार्दिक शुभकामना व्यक्त गर्दछु। साथै, कोरोना भाईरसको महामारीबाटआफू बच्न तथा अरूलाई बचाउन कतार सरकारबाट समय समयमा जारी हुने सचेतना, जानकारी र निर्देशनहरूकाे अक्षरश पालना गर्नु गराउनुहुन सबैमा पुन: अनुराेध छ

कोभिड १९ को संकटबाट समस्यामा परेका नेपालीलाई राहत खाद्यान्न वितरण सम्बन्धमा । —————————-

विश्वव्यापीरूपमा फैलिएको कोभिड १९ को महामारीबाट उत्पन्न असहज परिस्थितिले विभिन्न रोजगार‚ पेशा र व्यवसायमा आबद्ध रही कतारमा रहनु भएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई पर्न गएका विभिन्न प्रकारका समस्या सम्बन्धी जानकारी तथा गुनासाहरुको समाधानका लागि राजदूतावासले रोजगारदाता कम्पनी, कतारका सरकारी तथा अन्य सम्बन्धित निकाय, गैह्रआवासीय नेपाली संघ तथा नेपाली समुदाय र नेपाल सरकारसँग निरन्तर समन्वय र सहजीकरण गरिरहेको सबैमा विदितै छ

निःशुल्क स्वास्थ्य परामर्शबारे

कतारमा कोरोना संक्रमण बढ्दै गर्दा स्वास्थ्य सम्बन्धी उपचारमा कुनै विशेष सल्लाह सुझाव लिनु परेमा नेपाली दाजु भाई तथा दिदी बहिनीहरूले तपशिलमा उल्लेख भएका WhatsAPP नम्बरहरूमा म्यासेज गरी डा. शुशिल निरौला र डा.नितेश अर्यालसँग राय सल्लाह लिन सक्नुहुनेछ ।

COVID -19 बाट सिर्जित परिस्थितिमा मानसिक स्वास्थ्य सम्बन्धी ध्यान दिनुपर्ने विषयहरु

विश्वव्यापीरुपमा फैलिएको COVID-19 को संक्रमणबाट सिर्जित विषम् परिस्थितिमा मानसिकरुपमा समेत स्वस्थ रहनु महत्वपूर्ण हुन्छ । यसै सन्दर्भमा कतारको स्वास्थ्य मन्त्रालय, हमाद प्राथमिक उपचार केन्द्र र मानसिक स्वास्थ्य सेवाको सहकार्यमा हमाद जनरल अस्पतालले मानसिक स्वास्थ्य सम्बद्ध विशेषज्ञहरु सम्मिलित नयाँ Helpline स्थापित गरेको छ ।यस विषयमा तपाईंलाई परामर्श आवश्यक परेमा सो नयाँ हेल्पलाइन नं. १६००० मा डायल गरी दैनिक बिहान ७ बजेदेखि