राहदानी वितरण सम्बन्धी सूचना

यस राजदूतावासमा राहदानीका लागि १४ सेप्टेम्बर २०२१ सम्म सम्म आवेदन दिनुभएका तलका लिङ्कमा नाम उल्लेख भएका आवेदकहरुको राहदानी वितरणका लागि तयार रहेकाले राजश्व तिरेको रसिदको सक्कल र पूरानो राहदानी सहित सम्बन्धित व्यक्तिले यस राजदूतावासमा सम्पर्क गर्नुहुन अनुरोध छ। राहदानी वितरण समय: सार्वजनिक बिदाका दिन बाहेक दिउसो ११ बजेदेखि अपरान्ह ३:०० बजेसम्म । …………………………….. २०७८ साल असोज १६ गते (२ अक्टोवर

संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो

कोभिड-१९ रोकथामका नियमहरूको पालना गर्दै नेपाली राजदूतावासको सभाहलमा एक संक्षिप्त समारोह आयोजना गरी दोहास्थित नेपाली राजदूतावासले यस वर्षको संविधान दिवस तथा राष्ट्रिय दिवस मनायो। उक्त समारोहमा राजदूतावासका कूटनीतिक र स्थानीय कर्मचारी तथा वहांहरूको परिवारको उपस्थिति रहेको थियो । कतारका लागि नेपाली राजदूत महामहिम डा. नारदनाथ भारद्वाजले कार्यक्रमको शुरूवातमा राजदूतावास परिसरमा नेपालको राष्ट्रिय झण्डाको झण्डोत्तोलन गर्नु भएको थियो भने नेपालको राष्ट्रिय

१८ अगष्ट २०२१ सम्म आवेदन दिनुहुने आवेदकहरु(सूचीमा नाम भएका) को राहदानी वितरणको लागि तयार भएको सम्बन्धित सबैमा जानकारी गराईन्छ । राहदानी लिनका लागि राजश्व तिरेको रसिद र हाल साथमा रहेको राहदानी लिएर बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म राजदूतावास आउनुपर्ने व्यहोरा समेत अनुरोध गरिन्छ ।

राहदानी नवीकरणका लागि अनिवार्य कागजातहरु लिई आउने सम्बन्धी सूचना

यस राजदूतावासमा पछिल्लो समय राहदानी नवीकरणका लागि सेवाग्राहिको बढ्दो चापको कारणले राजदूतावासभित्र फाराम भर्ने तथा आवश्यक कागजात प्रिन्ट/फोटोकपी गर्नुपर्दा दूतावासको सेवा प्रवाहमा असर परेको हुँदा राहदानी नवीकरणका लागि आउनुहुने सेवाग्राहीले तल उल्लेखित कागजातहरु अनिवार्य रुपमा लिएर आउनुहुन सूचित गरिन्छ:-   १. नेपालको राहदानी विभागको वेवसाइट https://nepalpassport.gov.np/ मा Apply Online (Pre-enrollment) भित्र गई अनलाइन फाराम भरेपछि प्राप्त हुने बारकोडसहितको फारामको प्रिन्ट

आर्थिक वर्ष २०७७।७८ मा वैदेशिक रोजगारीको सिलसिलामा दोहा, कतार आइ मृत्यु भएका तथा विभिन्न कारणले नेपाल फर्केका नेपाली श्रमिकहरुको मृत्यु हुँदाको वा कार्यरत रहँदाको अन्तिम दिनसम्मको समयमा कम्पनीसँग लिन बाँकी रहेको तलब भत्ता र विगत तथा सोही वर्षमा मृत्यू भएकाहरुको कानूनी उपचार मार्फत प्राप्त भएका क्षतिपूर्ति तथा विमा रकम सम्बन्धित व्यक्ति वा हकवालालाई वितरणको लागि कन्सुलर सेवा विभाग, काठमाडौं पठाएको विवरण