
नयाँ वर्ष २०७८ को शुभकामना तथा उक्त दिन कार्यालय बन्द हुनेबारे सूचना
नेपाली नयाँ वर्ष २०७८ को सु-अवसरमा कतारमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा मेरो तथा नेपाली राजदूतावास परिवार दोहाको तर्फबाट सुख, शान्ति, सुस्वास्थ्य तथा समृध्दिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । साथै, यस अवसरमा कतारमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा हाल बढिरहेको कोभिड-१९ को संक्रमण नियन्त्रणका लागि कतार सरकारले ७ अप्रिल २०२१ मा घोषणा गरेको सुरक्षा तथा स्वास्थ्य प्रोटोकललाई सम्पूर्ण रुपमा