
प्रेस वक्तव्य
कतारको Dreams One Trading and Contracting WLL कम्पनीमा कार्यरत् १४ जना नेपाली कामदारहरुलाई राजदूतावासले उद्दार गरी नेपाल फर्काएको बिषयमा “नेपाल पठाउनुपर्ने पीडितलाई दिल्लीतिरः राजदूतले भेटन चाहेनन्” शीर्षकमा कान्तिपुर दैनिकको मिति २०७४ असोज १९ को संस्करणमा प्रकाशित समाचार प्रति यस राजदूतावासको ध्यानाकर्षण भएको छ । यसरी पीडित नेपालीलाई महामहिम राजदूतज्यूले भेट नदिनुभएको तथा नेपाली दूतावासले नेपाली व्यवसायीसँग मिलेर कामदारलाई दुःख दिएको