जनसम्पर्क अधिकृत (Public Relations Officer-PRO) आवश्यकता
नेपाली राजदूतावास, दोहामा तपसिल बमोजिमको पद करारमा नियुक्ति गर्नु पर्ने भएकोले इच्छुक उम्मेदवारहरुले आफ्नो बायोडाटा सहित प्रथम पटक यो सूचना प्रकाशन भएको मितिबाट १५ दिन भित्र यस राजदूतावासमा दरखास्त दिनुहुन यो सूचना प्रकाशित गरिएको छ । निवेदक स्वयं उपस्थित भई वा इमेल eondoha@mofa.gov.np मार्फत् दरखास्त पेश गर्न सकिनेछ। प्राप्त दरखास्त मध्येबाट Short Listed उम्मेदवारहरुलाई अन्तर्वार्ताका लागि सूचित गरिनेछ। पद/संख्याः जनसम्पर्क
राजदूतावास बन्द रहने सूचना
बुद्ध जयन्तीको अवसरमा २०७९ साल जेठ २ गते सोमबार तदनुसार १६ मे २०२२ का दिन राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ । २०७९ साल जेठ ३ गते मंगलबार तदनुसार १७ मे २०२२ देखि राजदूतावास पूर्ववतरुपमा खुला रहने छ। यस वर्षको बुद्ध जयन्ती, उभौली पर्व र चण्डी पूर्णिमाको अवसरमा कतारमा रहनु हुने सम्पूर्ण नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौ।
क्षमादान सम्बन्धी सूचना
कतारका अमिर मौसूफ शेख तमिम बिन हमाद अल थानीले इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमादानको अवसरमा कतारस्थित कारागारहरूमा विभिन्न कसुरमा सजाय पाई बन्दी जीवन व्यतित गरिरहनु भएका २१ (एक्काईस) जना नेपालीहरूलाई क्षमादान गर्नुभएको व्यहोरा सबैको जानकारीका लागि अनुरोध गरिन्छ । क्षमादान पाउनेहरुमा याैनजन्य क्रियाकलापमा ३, चाेरीजन्य क्रियाकलापमा ११, मादकपदार्थ बिक्रिवितरणमा २ र आर्थिक हिनामिनामा ५ जना कसुरदार ठहरी सजाय भाेगिरहनु भएको
अवैध आप्रवासीको कानूनी हैसियत नियमित गर्ने अवधी ३० अप्रिल २०२२ सम्म थप भएकोबारे सूचना
कतारको आप्रवासी आगमन र प्रस्थान तथा उनीहरुको आवास नियमन गर्ने सन् २०१५ को कानून नम्बर २१ उल्लंघन गरेका अवैध आप्रवासीको कानूनी हैसियत संशोधन गरी नियमित गर्ने अवधी आगामी ३0 अप्रिल २०२२ सम्म थप गरिएको यहाँको आन्तरिक मामिला मन्त्रालयले घोषणा गरेको छ। यस घोषणाबाट आवासिय नियम (residency rules) तथा कामसम्बन्धी भिसा नियम (work visa rules) उल्लंघन गरेका आप्रवासीहरुले लाभ लिन सक्ने
नव वर्षको अवसरमा राजदूतावास बन्द रहने सूचना/ Notice on Embassy Closure
नव वर्षको अवसरमा मिति २०७९ बैशाख १ गते बिहिबार तदनुसार १४ अप्रिल २०२२ का दिन राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ। २०७९ बैशाख ४ गते आइतबार तदनुसार १७ अप्रिल २०२२ देखि राजदूतावास पूर्ववतरुपमा खुला रहनेछ। This is to inform all the concerned that the Embassy will remain closed on Thursday, 14 April 2022 on the occasion of Nepali