जनसम्पर्क अधिकृत (Public Relations Officer) आवश्यकता सम्बन्धी सूचना
यस राजदूतावासको स्वीकृत स्थानीय दरबन्दी अन्तर्गत तपसिल बमोजिमको पद करारमा नियुक्ति गर्नु पर्ने भएकोले इच्छुक उम्मेदवारहरुले आ-आफ्नो बायोडाटा सहित प्रथम पटक यो सूचना प्रकाशित भएको मितिबाट १५ दिन भित्र यस राजदूतावासमा दरखास्त दिनुहुन यो सूचना प्रकाशित गरिएको छ । निवेदक स्वयम् उपस्थित भई वा इमेलमार्फत (eondoha@mofa.gov.np) दरखास्त पेश गर्नुपर्नेछ । प्राप्त दरखास्त मध्येबाट सम्बन्धित पदका लागि योग्य व्यक्तिहरुलाई अन्तर्वार्ताका लागि
कार्यालय समय सम्बन्धी सूचना
पवित्र महिना रमादानको अवसरमा उक्त अवधिभर यस राजदूतावासको कार्यालय समय निम्नानुसार परिवर्तन गरिएको व्यहोरा अनुरोध छ : कार्यालय खुल्ने र सेवा प्रदान गरिने समय: आईतबार देखि बिहिबारसम्म विहान ९ बजे देखि अपरान्ह ३ बजेसम्म । नगद काउन्टर: विहान ९ बजे देखि अपरान्ह २ बजेसम्म । NOTICE FOR OFFICE HOURS DURING RAMADAN During the Holy Month of Ramadan, the office hours
नयाँ वर्ष २०७८ को शुभकामना तथा उक्त दिन कार्यालय बन्द हुनेबारे सूचना
नेपाली नयाँ वर्ष २०७८ को सु-अवसरमा कतारमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा मेरो तथा नेपाली राजदूतावास परिवार दोहाको तर्फबाट सुख, शान्ति, सुस्वास्थ्य तथा समृध्दिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । साथै, यस अवसरमा कतारमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा हाल बढिरहेको कोभिड-१९ को संक्रमण नियन्त्रणका लागि कतार सरकारले ७ अप्रिल २०२१ मा घोषणा गरेको सुरक्षा तथा स्वास्थ्य प्रोटोकललाई सम्पूर्ण रुपमा
राहदानी आवेदन तथा वितरणबारे जरुरी सूचना
कतारमा बढ्दो कोभिड-१९ को संक्रमणसँगै कतार सरकारले हिजो मिति ७ अप्रिल २०२१ मा घोषणा गरेको कोभिड-19 नियन्त्रणका लागि लागू हुने थप नियन्त्रणका कदमहरुको पालना गर्नु हामी सबैको जिम्मेवारी हो। यसै सन्दर्भमा यस राजदूतावासमा सकेसम्म भीडभाड कम गर्ने प्रयोजनका लागि राहदानी आवेदन गर्नेहरुले देहाय अनुरुप गर्नुहुन सम्बन्धित सबैमा अनुरोध गरिएको छ। राहदानीको म्याद ६ महिना भन्दा बढि हुनेहरुले आवेदन नगर्ने; राहदानीको