दोहाबाट पहिलो चरणमा आज १४९ जना नेपालीहरू स्वदेश फर्कनु भयो

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासकाे नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नाे विवरण उपलब्ध गराउनु भएबमाेजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप पहिलो चरण अन्तर्गत आज मिति २०७७।३।७ गते तदअनुसार २१ जुन २०२० मा दोहाबाट काठमाण्डौका लागि नेपाल वायुसेवाको RA २३९२ को उडानबाट देहायका १४९ जना नेपालीहरू नेपाल फर्किनु भएको

नेपाल फर्कने सम्बन्धी जरुरी सूचना

कतारबाट नेपाल फर्कनैपर्ने व्यक्तिहरुका सम्बन्धमा निम्नबमोजिम सूचना सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छः १. उडान सम्बन्धमा नेपाल एयरलाइन्सको २० जुन र हिमालय एयरलाइन्सको २२ र २४ जुन २०२० का लागि आवश्यक उडान अनुमतिका लागि कतार सरकारको सम्बन्धित निकायमा पत्राचार गरिएको छ । नेपाल एयरलाइन्सको दोश्रो उडानको मिति तय भएपछि जानकारी गराइने छ । २.. यात्रु सम्बन्धमा माथि उल्लेखित ३ वटा

नेपाल फर्कन जरुरी भएका कतारमा रहेका नेपालीहरुको लागि सूचना

Link https://docs.google.com/spreadsheets/d/1LOhDDLhddeMRkE-XEe2zKru996at76yKGhqcBIQEhvI/edit?usp=sharing कोभिड-१९ को प्रकोपबाट उत्पन्न असहज परिस्थितिमा विभिन्न कारणले कतारमा रहनु भएका र अन्तर्राष्ट्रिय हवाई उडान प्रतिवन्धका कारणले कतारमै बस्न बाध्य भई स्वदेश फिर्ता हुन नपाएका नेपाली नागरिकहरुलाई स्वदेश फर्काउने प्रयोजनको लागिन्तर्राष्ास, दोहान हुनेै हुने व्यक्तिहराउनु हुन अनुर राजदूतावासले आव्हान गरेबमोजिम रजिष्ट्रेशन फाराम भरी तथा विभिन्न माध्यमबाट दूतावासमा विवरण उपलब्ध गराउनु भएकोमा सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछौ ।नेपाल सरकार,

गणतन्त्र दिवसको शुभकामना

१३ औं गणतन्त्र दिवसको अवसरमा कतारमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा मेरो तथा नेपाली राजदूतावास, दोहा, कतारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछु । कोरोना भाइरसको महामारीबाट विश्व नै आक्रान्त भईरहेको बेला कतार पनि यसबाट अछुतो नरहेको व्यहोरा तपाईंहरुलाई अवगतै छ । यो रोगको हालसम्म कुनै औषधि पत्ता नलागिसकेकोले यसबाट आफू बच्न र अरुलाई बचाउन कतार सरकारबाट समय समयमा जारी हुने सचेतना, जानकारी

इद-उल-फितरको शुभकामना

इस्लाम धर्मावलम्बीहरुको महान पर्व इद-उल-फितरको अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बीहरु र कतारमा रहनुभएका सबै नेपाली दाजु भाई तथा दिदी बहिनीहरुमा मेरो तथा नेपाली राजदूतावास, दोहाकाे तर्फबाट सुस्वास्थ्य, शान्ति, समृद्धि तथा प्रगतिकाे हार्दिक शुभकामना व्यक्त गर्दछु। साथै, कोरोना भाईरसको महामारीबाटआफू बच्न तथा अरूलाई बचाउन कतार सरकारबाट समय समयमा जारी हुने सचेतना, जानकारी र निर्देशनहरूकाे अक्षरश पालना गर्नु गराउनुहुन सबैमा पुन: अनुराेध छ

कोभिड १९ को संकटबाट समस्यामा परेका नेपालीलाई राहत खाद्यान्न वितरण सम्बन्धमा । —————————-

विश्वव्यापीरूपमा फैलिएको कोभिड १९ को महामारीबाट उत्पन्न असहज परिस्थितिले विभिन्न रोजगार‚ पेशा र व्यवसायमा आबद्ध रही कतारमा रहनु भएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई पर्न गएका विभिन्न प्रकारका समस्या सम्बन्धी जानकारी तथा गुनासाहरुको समाधानका लागि राजदूतावासले रोजगारदाता कम्पनी, कतारका सरकारी तथा अन्य सम्बन्धित निकाय, गैह्रआवासीय नेपाली संघ तथा नेपाली समुदाय र नेपाल सरकारसँग निरन्तर समन्वय र सहजीकरण गरिरहेको सबैमा विदितै छ

काेभिड १९ काे परीक्षण गर्ने सम्बन्धमा

कोभिड-१९ परीक्षण सम्बन्धमा कतारको जनस्वास्थ्य मन्त्रालयले देहायबमाेजिम सूचना गरेकाे हुॅंदा संक्रमणकाे लक्षण देखिएकाे आशंका भएका नेपाली नागरिकहरूले साे व्यवस्थाकाे उपयोग गर्न सकिने व्यहाेरा सम्बन्धित सबैमा जानकारी गराइन्छ। कोभिड-१९ सङ्क्रमणको लक्षण देखिएका जो कोहीले हटलाईन १६००० मा सम्पर्क गर्नुहाेस वा कोभिड-१९ परीक्षणको लागि तोकिएका स्वास्थ्यकेन्द्रहरुमा सोझै जानुहाेस। कोभिड-१९ को सङ्क्रमण जति चाॅंडाे पहिचान भयो, सही उपचार पाउन र निको हुन त्यति

क्षमादान सम्बन्धी सूचना

कतारका अमिर मौसूफ शेख तमिम बिन हमाद अल थानीले इस्लाम धर्मावलम्बीकाे पवित्र महिना रमादानकाे अवसरमा कतारस्थित कारागारहरूमा विभिन्न अभियाेगमा सजाय पाई बन्दी जीवन व्यतित गरिरहनु भएका ८ (आठ) जना नेपालीहरूलाई क्षमादान गर्नुभएकाे व्यहाेरा सबैकाे जानकारीकाे लागि अनुराेध गरिन्छ । सो क्षमादान प्राप्त गर्नुहुनेमा ४ जना कुटपिट,२ जना चाेरी र २ जना सवारीजन्य कसुरमा सजाय भुक्तान गरिरहनु भएको थियो ।…………………………नेपाली राजदूतावास,

निःशुल्क स्वास्थ्य परामर्शबारे

कतारमा कोरोना संक्रमण बढ्दै गर्दा स्वास्थ्य सम्बन्धी उपचारमा कुनै विशेष सल्लाह सुझाव लिनु परेमा नेपाली दाजु भाई तथा दिदी बहिनीहरूले तपशिलमा उल्लेख भएका WhatsAPP नम्बरहरूमा म्यासेज गरी डा. शुशिल निरौला र डा.नितेश अर्यालसँग राय सल्लाह लिन सक्नुहुनेछ ।