काेभिड १९ काे परीक्षण गर्ने सम्बन्धमा

कोभिड-१९ परीक्षण सम्बन्धमा कतारको जनस्वास्थ्य मन्त्रालयले देहायबमाेजिम सूचना गरेकाे हुॅंदा संक्रमणकाे लक्षण देखिएकाे आशंका भएका नेपाली नागरिकहरूले साे व्यवस्थाकाे उपयोग गर्न सकिने व्यहाेरा सम्बन्धित सबैमा जानकारी गराइन्छ। कोभिड-१९ सङ्क्रमणको लक्षण देखिएका जो कोहीले हटलाईन १६००० मा सम्पर्क गर्नुहाेस वा कोभिड-१९ परीक्षणको लागि तोकिएका स्वास्थ्यकेन्द्रहरुमा सोझै जानुहाेस। कोभिड-१९ को सङ्क्रमण जति चाॅंडाे पहिचान भयो, सही उपचार पाउन र निको हुन त्यति

क्षमादान सम्बन्धी सूचना

कतारका अमिर मौसूफ शेख तमिम बिन हमाद अल थानीले इस्लाम धर्मावलम्बीकाे पवित्र महिना रमादानकाे अवसरमा कतारस्थित कारागारहरूमा विभिन्न अभियाेगमा सजाय पाई बन्दी जीवन व्यतित गरिरहनु भएका ८ (आठ) जना नेपालीहरूलाई क्षमादान गर्नुभएकाे व्यहाेरा सबैकाे जानकारीकाे लागि अनुराेध गरिन्छ । सो क्षमादान प्राप्त गर्नुहुनेमा ४ जना कुटपिट,२ जना चाेरी र २ जना सवारीजन्य कसुरमा सजाय भुक्तान गरिरहनु भएको थियो ।…………………………नेपाली राजदूतावास,

निःशुल्क स्वास्थ्य परामर्शबारे

कतारमा कोरोना संक्रमण बढ्दै गर्दा स्वास्थ्य सम्बन्धी उपचारमा कुनै विशेष सल्लाह सुझाव लिनु परेमा नेपाली दाजु भाई तथा दिदी बहिनीहरूले तपशिलमा उल्लेख भएका WhatsAPP नम्बरहरूमा म्यासेज गरी डा. शुशिल निरौला र डा.नितेश अर्यालसँग राय सल्लाह लिन सक्नुहुनेछ ।

COVID -19 बाट सिर्जित परिस्थितिमा मानसिक स्वास्थ्य सम्बन्धी ध्यान दिनुपर्ने विषयहरु

विश्वव्यापीरुपमा फैलिएको COVID-19 को संक्रमणबाट सिर्जित विषम् परिस्थितिमा मानसिकरुपमा समेत स्वस्थ रहनु महत्वपूर्ण हुन्छ । यसै सन्दर्भमा कतारको स्वास्थ्य मन्त्रालय, हमाद प्राथमिक उपचार केन्द्र र मानसिक स्वास्थ्य सेवाको सहकार्यमा हमाद जनरल अस्पतालले मानसिक स्वास्थ्य सम्बद्ध विशेषज्ञहरु सम्मिलित नयाँ Helpline स्थापित गरेको छ ।यस विषयमा तपाईंलाई परामर्श आवश्यक परेमा सो नयाँ हेल्पलाइन नं. १६००० मा डायल गरी दैनिक बिहान ७ बजेदेखि

समस्यामा परेका नेपालीलाई राहत खाद्यसामग्री वितरण गरिएको सम्बन्धमा ।

विश्वव्यापीरूपमा फैलिएको COVID-19 को महामारीबाट उत्पन्न असहज परिस्थितिले विभिन्न रोजगार‚ पेशा र व्यवसायमा आबद्ध रही कतारमा रहनु भएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई पर्न गएका विभिन्न प्रकारका समस्या सम्बन्धी जानकारी तथा गुनासाहरु विभिन्न माध्यमबाट दूतावासमा प्राप्त हुने गरेका छन । यसरी प्राप्त भएका जानकारी तथा गुनासाहरुको समाधानका लागि दूतावासले रोजगारदाता कम्पनी, कतारका सरकारी तथा अन्य सम्बन्धित निकाय, गैह्रआवासीय नेपाली संघ तथा

सुरक्षितरुपमा बस्ने र आफ्नो बासस्थान नछाड्ने सम्बन्धी कतारमा रहनु भएका सम्बन्धित सबै नेपाली नागरिकलाई राजदूतावासको अनुरोध

COVID-19 बाट सिर्जित परिस्थितिमा कामदार र रोजगारदाता दुबैको दीर्घकालीन हितलाई लक्षित गरी कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले १५ अप्रिल २०२० मा जारी गरेको सम्झौता नियमन सम्बन्धी निर्देशनका प्रावधानहरूको अनौपचारिक अग्रेजी अनुवाद १६ अप्रिल २०२० मा राजदूतावासको फेशबुक पेजमार्फत सम्बन्धित सबैको जानकारीका सेयर गरिएको व्यहोरा अवगतै छ । (सस्मरणका लागि उक्त मितिको राजदूतावासको सूचना र कतारको उक्त मन्त्रालयको सूचना

नेपाली राजदूतावासबाट प्रयोगमा ल्याइएको नयाँ WhatsApp नम्बर सम्बन्धी सूचना ( WhatsApp नम्बर +974 33560117 केवल Text वा Voice Message को लागि मात्र)

COVID-19 को कारणले उत्पन्न असहज परिस्थितिमा आफूले भोग्नु परेका विविध समस्याहरुको समाधान र सुनुवाईका निम्ति वा राजदूतावासबाट लिनुपर्ने सेवाहरुका लागि राजदूतावासको नियमित टेलिफोन नम्बरहरु, सेवासँग सम्बन्धित राजदूतावासका पदाधिकारी/अधिकृतहरुको मोबाइल नम्बरमा सम्पर्क गर्न सकिने व्यहाेरा सबैमा अवगत नै छ । राजदूतावासले Facebook Messenger बाट समेत प्राप्त समस्याहरुको अभिलेखिकरण गरी समाधानका लागि प्रयासरत छ । नेपाली राजदूतावासबाट प्रयोगमा ल्याइएको नयाँ WhatsApp नम्बर