इद-उल-फितरको शुभकामना
इस्लाम धर्मावलम्बीहरुको महान पर्व इद-उल-फितरको अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बीहरु र कतारमा रहनुभएका सबै नेपाली दाजु भाई तथा दिदी बहिनीहरुमा मेरो तथा नेपाली राजदूतावास, दोहाकाे तर्फबाट सुस्वास्थ्य, शान्ति, समृद्धि तथा प्रगतिकाे हार्दिक शुभकामना व्यक्त गर्दछु। साथै, कोरोना भाईरसको महामारीबाटआफू बच्न तथा अरूलाई बचाउन कतार सरकारबाट समय समयमा जारी हुने सचेतना, जानकारी र निर्देशनहरूकाे अक्षरश पालना गर्नु गराउनुहुन सबैमा पुन: अनुराेध छ